२०८३ आश्विन २० गते, मंगलवार ०४:२३

जेनजी आन्दोलनमा बगेको रगत खेर जान्छ कि भन्ने चिन्ता छ : पूर्वमन्त्री शर्मा

काठमाडौं-

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री तथा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले जेनजी आन्दोलनको रापताप सेलाउँदै आन्दोलनमा बगेको शहीदको रगत खेर जान्छकी भन्ने चिन्ता व्यक्त गरेकी छिन् ।

मंगलबार काठमाडौंमा आयोजित भ्रष्टाचार नियन्त्रणको भावी रणनीति अन्तरक्रियात्मक छलफलमा बोल्दै उनले जेनजी आन्दोलनले स्थापित गरेको एजेण्डा कार्यान्वयनमा कसरी लैजाने भन्ने अहिलेको प्रमुख चुनौती रहेको बताइन् ।थन्केर बसेका फाइल खोल्दामात्र पनि ठूलो भ्रष्टाचारको विरुद्धमा माहोल सृजना हुने उनको भनाई छ ।

उनले भनिन्,‘जेनजी आन्दोलनले स्थापित गरेको एजेण्डा कार्यान्वयनमा कसरी लैजाने अहिलेको चुनौती त्यही नै हो । थुप्रै अध्ययन भएर फाइलहरु थन्केर बसेका छन् । तिनलाई खोल्दामात्र पनि ठूलो भ्रष्टाचारको विरुद्धमा माहोल सृजना गर्न सकिन्छ । जेनजी आन्दोलनको रापताप सेलाउँदै गएर आन्दोलनमा बगेको सहिदको रगत खेरा जालाकी भन्ने चिन्ता लागेको छ ।’

त्यस्तै उनले राजनीति देशको माऊनीति भएको भन्दै राजनीति सफा नगरी अरु नीति सफा गर्न सम्भव नरहेको धारणा राखिन् ।‘म के कुरामा सहमत छु भने राजनीति देशको माऊनीति हो । जबसम्म माऊनीति सफा हुँदैन् । अरु नीति जतिसुकै सफा गर्छु भनेपनि सम्भव छैन् । त्यसकारण पहिलो सुधार राजनीतिबाट हुनुपर्छ । अनि मात्र अरु क्षेत्रको सुधार गर्न सकिन्छ ।’

राजनीतिक दल र नेताहरु सबैले गम्भीर आत्मासमिक्षासहित भ्रष्टाचार कम गर्ने अठोट गरेमा मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनको भनाई छ ।‘म भ्रष्टाचार गर्दिन र सकेसम्म अरुलाई पनि गर्न दिन्न भन्ने कुरा भित्र मनदेखि आउनुपर्छ । त्यो केवल नाराको लागि मात्र होईन् । राजनीतिक दल र नेताहरु सबैले गम्भीर आत्मासमिक्षासहित भ्रष्टाचार कम गर्ने अठोट गयौं भने मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।’उनले पछिल्लो समय राजनीतिमा लागेका नेताहरुलाई समेत विचौलियाहरुले चलाउन थालेको कारण भ्रष्टाचार बढेको उनको ठम्याई छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस