२०८२ कार्तिक ३० गते, आईतवार १७:४९

६ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं-

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । आज सुन ६ हजार ९ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ६ हजार ९ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य एक सय ५० रुपैयाँले घटेको हो । शुक्रबार चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

पोडकास्ट सुन्नुहोस