२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५६

मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी

जनकपुर-

नेकपा एमाले स्थायी समिति सदस्य एवम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मधेश प्रदेशको अहिलेको राजनीतिक अवस्थाका कारण संघीयतामाथि नै प्रश्न उठ्न थालेको बताएका छन् ।

सोमबार (आज) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अधिकारीले मधेश प्रदेशका सबै दलहरुले छनिक बेरको राजनीतिक स्वार्थ बिर्सेर एक जुट भएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

उनले मधेश प्रदेशलाई नमुना प्रदेश बनाउनका लागि सबैदलहरु एकताबद्ध हुनु पर्ने धारणा राखे । पदका लागि भइरहेको राजनीतिक खेलले संघीयता विरोधहरु बलियो हुँदै गइरहेको अधिकारीले बताए ।

अधिकारीले अहिलेको सरकार संविधान विपरीत बनेको सरकार रहेको बताए । उनले निर्वाचन हुने भने पनि अहिलेको सरकारले निर्वाचनका लागि आवश्य कुनै तयारी नगरेको बताए ।

उनले चुनाव नहुने कुरामा एमाले विश्वस्त रहेकोले नहुने चुनावका लागि एमालेले कुनै किसिमको जाने नजाने जस्ता कुरामा ध्यान नदिएको बताए ।
सुरक्षाकर्मीहरुको हतियार, पोसाक, सामग्रीहरु लुटिएका छन् र जेलमा भएका कयौं कैदी बाहिर रहेको बेला चुनाव गराउने सोच्नु नै गलत रहेको उनले धारणा व्यक्त गरे । अधिकारीले संविधान पुनःस्थापना गर्नुनै राष्ट्रको हितमा रहेको बताए ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस