२०८३ आश्विन २० गते, मंगलवार ०५:११

 पोखरियाको सतवरीमा फेला परे ५७ जना मोतिविन्दूका विरामी

वीरगन्ज-

पर्सा जिल्लाको दोस्रो सदरमुकाम भनेर चिनिने  पोखरिया नगरपालिकामा आयोजित  निःशुल्क आँखा शिविरमा ५७ जना मोतिविन्दू रोगका विरामी फेला परेका छन् । पोखरिया नगरपालिकाको वडा नं.५ सतवारीमा लायन्स क्लब वीरगन्जले अयोजना गराएको निःशुल्क आँखा परिक्षण शिविरमा आएका सर्वसाधारणको आँखा परिक्षण गर्दा ५७ जनाको आँखामा मोतिविन्दू भएको फेला परेको हो  ।

स्थानिय समाजसेवी नेजामुदिन समानिको अगुवाइमा आयोजना गरिएको आँखा शिविरमा उपारका लागि आएका विरामीहरुको तिलगंगा आँखा अस्पताल र वीरगन्ज सामुदायिक अस्पतालका विषेशज्ञ चिकित्सकहरुले आँखाको परिक्षण गरेका थिए ।

लायन्स क्लब वीरगन्ज सेन्ट्रल सिटिकी जोन चेयर परसन डा. लक्ष्मी थापाको सहयोगमा सम्पन्नभएको आँखा शिविरमा फेला परेका मोतिविन्दू रोगका विरामीहरुको  चाँडै शल्याकृया गनुको साथै , पोखरियाको सतवरीया आयोजना भएको निःशुल्क आँखा शिविरलाई नागरपालिकाको सम्पूर्ण वडाहरुमा गरिने तयारी भएको लायन्स क्लब वीरगन्जका अध्यक्ष नरोत्तम पाण्डेले जानकारी दिनुभयो ।

वडा नं. ५ का वडाध्यक्ष महेन्द्र प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय मुक्ति नेपालका सह–महासचिव नेजामुद्दीन समानी, नेपाली काँग्रेसका नेत्रि आशा देबि, समाजसेवी मनोज साह कानु , सुनिल साह , गोवर्धन यादव , रहिम मियाँ, कृष्णा पटेल लगायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस