वीरगन्ज-
आन्तरर्राट्रिय लागुऔषध कारोवारी भनेर भारतीय प्रहरीले आइतबार सार्वजनिक गरेका नेपाली नागरिक मेघराज साहको पक्राउ पकरण नै विवादमा आएको छ । प्रतिबन्धित लागुऔषध चरेश सहित मेघराजलाई रक्सौलबाट पक्राउ गरेको भारतीय प्रहरीले दावी गरेको छ भने मेघराजका परिवारले उनलाई वीरगन्जको राधेमाई स्थित घरबाट पक्राउ गरी लगेको दावी विभिन्न संचारमाध्यममा देखा परेका छन् ।
भारतीय प्रहरीले सार्वजनिक गरेको आधिकारिक प्रेस विज्ञप्ति अनुसार, अन्तर्राष्ट्रिय गिरोहले आर.जे २५ सि.बी ४०२१ भारतीय नम्बरको थार गाडी प्रयोग गरी नेपालबाट बिहार हुँदै राजस्थानतर्फ लागुऔषध लैजाँदै गरेको पूर्व सूचनाको आधारमा उनलाई शनिबार रातीमा पक्राउ गरेको हो ।
एस.डी.पी.ओ रक्सौलको नेतृत्वमा गठित सुरक्षाकर्मीहरुको टोलीले वीरगन्ज–रक्सौलको सिमानामा पर्ने भारतीय कस्टम अगाडी चेक जाँच गर्दा ७ किलो १७८ ग्राम प्रतिबन्धित लागुऔषध चरेश बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूले दिएको जानकारीको आधारमा रक्सौल कैं सुगाँव भन्ने स्थानबाट मोटरसायिकलमा सवार रहेका व्यक्तिहरुबाट थप २ किलो चरेश बरामद भएपछि मेघराज साह लगायत ६ जनालाई नियन्त्रणमा लिइएको दावी गर्दै भारतीय प्रहरीले आइतबार अपराह्न्न ४बजे हरैया थानामा पत्रकार सम्मेलन गरेको थियो भने, मेघराज साहलाई भारतीय प्रहरीले आइतबार राति करिब १० बजे वीरगन्ज महानगरपालिकाको वडा नं.१३ राधेमाई टोलस्थित निजी निवासबाट पक्राउ गरि लगेको परिवारले दावी गरेको भन्दै संचारमाध्यहरुले समाचार प्रकास गरेका छन् ।
परिवारका सदस्यहरुले दिएको जानकारी भन्दै संचारमाध्यहरुले सेतो रङ्गको थार जिपमा सादा पोसाकमा आएका आफुलाई भारतीय सुरक्षाकर्मी बताउने तीन जना व्यक्तिहरुले मेघराजलाई बलजप्ती गाडीमा हालेर लगोको दावी गरेका छन् ।
मेघराज पक्राउ परकणमा भारतीय प्रहरी र उनका परिवारले दावी गरेको समयमा विरोधभाष देखिएको छ । परिवारका सदस्यले आइतबार राती घरबाट पक्राउ गरी लगेको भन्दै विभिन्न संचारमाध्यमले समाचार प्रकासन गरेका छन भने, आइतबार अपराह्न्न ४ बजे नै भारतीय सुरक्षाकर्मीले पत्रकार सम्मेलन गरेको रक्सौलका संचारकर्मीहरुले गोप्यखबरलाई बताएका छन् । गोप्यखबरसंग कुरा गर्दै संचारकर्मीहरुले, पत्रकार सम्मेलनमा खिचिएको तस्विर तथा भिडियोहरु आफुहरुसंग पत्रमाणको रुपमा सुरक्षित रहेको दावी गरेका छन् ।
भारती सुरक्षाकर्मीले विना अनुमति नेपाली नागरिकलाई पक्राउ गरि लगेको विषयमा आफुहरुलाई हालसम्म कनुै उजरी तथा जानकारी नआएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बादुर बस्नेतले जानकारी दिनुभयो। उहाले भारतीय प्रहरीले पक्राउ गरी लगेको भनिएका मेघराज साहका परिवारका कुनै सदस्यले पर्सा प्रहरीलाई कुनैपनि माध्यमले जानकारी नगराएको बताउनुभयो। घटना गम्भिर भएकाले पर्सा प्रहरीले आफनै स्तरबाट यसलाई सुक्ष्म रुपमा अनुसन्धन गरिरहेको सुचना अधिकारी बस्नेतले जानकारी दिनुभयो।















