२०८३ आश्विन २० गते, मंगलवार ०४:२२

यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की

काठमान्डौं-

प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार चुनावी सरकार मात्र नभएको बताउनुभएको छ ।
भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको सरकार सुशासनको माग राखि भएको जेन–जी आन्दोलनको जगमा बनेको सरकार भएको बताउनु भयो । सरकारले नियमित सँगसँगै सुशासनका निमित्त तिब्र गतिमा काम गरिरहेको उहाँको दाबी छ ।

जेन–जी का माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ने भएपनि भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताउनु भयो । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको बताउनु भयो ।

यस दिशामा चालिएका कदमबाट आत्तिएर कतिपयले प्रत्यक्ष वा परोक्षरुपमा धम्की दिएको बताउनु भयो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस