काठमान्डौं-
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रुग्ण ठेक्का अन्त्य गर्नुभन्दा पनि व्यवस्थापनमा लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।
पूर्वाधार पत्रकार समाजले मंगलवार राजधानीमा गरेको कार्यक्रममा उहाँले रुग्ण ठेक्का व्यवस्थापनको नाममा ठेक्का अन्त्य गरिएको बताउनुभएको हो ।
यो सबै काम प्रचारबाजीका रुपमा गरिएको बताउनु भयो । उहाँकाअनुसार अहिले पनि ठेक्काहरु रुग्ण हुन नदिने कारण खोजेर अघि बढाउनुपर्छ । रुग्ण ठेक्का अन्त्यका नाममा राजनीति गर्न जरुरी नभएको उहाँले बताउनु भयो ।
अध्यक्ष सिंहकाअनुसार ठेक्का रुग्ण बनाउने जिम्मेवार पात्र प्रमुख रुपमा राजनीतिक नेतृत्व हो राजीतिक पार्टीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित योजनाहरुलाइ प्राथमिकता दिएका कारणले आयोजनाहरु रुग्ण भएको सिंहले बताउनु भयो ।
अध्यक्ष सिंहले रुग्ण ठेक्का रुग्ण हुन नदिने अहिलेको नागरिक सरकारले नै काम गर्नसक्ने बताउनु भयो । उहाँकाअनुसार अबका दिनमा ठेक्का रुग्ण हुन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्छ । अहिले त्यसो हुन सकेको छैन । अध्यक्ष सिंहका अनुसार पूर्वाग्राही ढंगले रुग्ण ठेक्का तोडिनु हुँदैन ।
अहिले निर्माण व्यवसायी ‘भिक्टीम’ हुनेगरी ठेक्का तोडिएको छ । सरकारको यो कदमले निर्माण व्यवसायी धराशायी हुने अवस्थामा पुगेको उनको भनाइ छ । निर्माण व्यवसायीलाई समाप्त पार्न खोजीएको उहाँको भनाइ छ । ठेक्का तोड्दा पूर्वाधार क्षेत्र मात्रै होइन, आर्थिक क्षेत्र नै प्रभावित हुने उहाँको भनाइ छ ।














