२०८२ चैत्र २० गते, शुक्रबार २२:५६

भन्सार एजेन्टको ‘पेन डाउन’ ले वीरगन्ज भन्सारको राजस्व सङ्कलन शून्य

वीरगन्ज-

राष्ट्रिय राजस्वमा सबैभन्दा बढी योगदान पुर्‍याउने वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलन आज शून्यमा झरेको छ। भन्सार एजेन्टहरूले आज बिहानैदेखि ‘पेन डाउन’ (कागजी काम बन्द) गरी आन्दोलनमा उत्रिएपछि कार्यालयको राजस्व सङ्कलन ठप्प भएको हो।

भन्सार ऐन २०८२ मा भएका केही प्रावधानहरूको विरोध गर्दै भन्सार एजेन्ट महासंघ नेपालले देशव्यापी आन्दोलन सुरु गरेपछि वीरगन्ज भन्सार कार्यालयको सम्पूर्ण गतिविधि अवरुद्ध भएको छ। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले भन्सार एजेन्टहरूको काम बन्दका कारण राजस्व सङ्कलन शून्यमा झरेको जानकारी दिनुभयो। यसअघि आइतबारदेखि नै आन्दोलन सुरु भए पनि छलफल गरी कामकाजलाई निरन्तरता दिइएकोमा आज बिहानैदेखि महासंघले देशव्यापी आन्दोलन घोषणा गरेपछि समस्या आएको उहाँले बताउनुभयो।

भन्सार एजेन्ट संघवीरगन्जका अध्यक्ष राजमान तामाङले भन्सार ऐन २०८२ को उपदफा ७१ को (झ) मा गरिएको व्यवस्था अव्यावहारिक रहेको भन्दै त्यसलाई हटाउन माग गर्नुभएको छ। उहाँका अनुसार उक्त उपदफा (झ) मा स-साना मानवीय त्रुटिका कारण घोषणा रकमको १० प्रतिशत जरिवाना भन्सार एजेन्टले नै तिर्नुपर्ने प्रावधान रहेको छ, जसले एजेन्टहरूलाई ठूलो मार पारेको छ। उक्त व्यवस्था नहटाइए सम्म एजेन्टहरू काममा नफर्किने उहाँको भनाइ छ।

देशको प्रमुख व्यापारिक नाका वीरगन्जबाट भन्सार कार्यालयले मासिक साढे सत्र अर्ब रुपैयाँ र प्रतिदिन ५७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्ने गरेको छ। यस नाकाबाट नेपालका लागि ७५ प्रतिशतभन्दा बढी खाद्य पदार्थ, ७० प्रतिशतभन्दा बढी औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थ आयात हुने गर्दछ।

वीरगन्ज भन्सार कार्यालयको आयात निर्यातमा आएको यो अवरोधलाई सरकारले छिटोभन्दा छिटो समाधान गर्न नसके देशभरका उपभोक्ताहरूले यसको नकारात्मक प्रभाव व्यहोर्नुपर्ने अवस्था आउने देखिएको छ।

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस