२०८२ चैत्र २० गते, शुक्रबार २१:२६

जेनजी आन्दोलन सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबारमा राख्नका लागि थिएन : लिङ्देन

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलन केपी शर्मा ओलीलाई हटाउन मात्र होइन देशमा आमूल परिवर्तनको लागि भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन सुशीला कार्कीलाई सिंहदरबार राख्नको लागि मात्र होइन देशमा सुशासन र शान्ति स्थायित्वको सुनिश्चितता गर्नको लागि भएको बताए ।

उनले भने, ‘जनताको आक्रोश केवल त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबार राख्नको लागि मात्र भएको थिएन् । यो व्यवस्थामा नमिलेका कुराहरु परिवर्तन गर्न, देशमा सुशासनको सुनिश्चितता गर्न, शान्ति स्थायित्वको सुनिश्चितता गर्न र देशभित्रै युवाहरुले गरि खाने वातावरण निर्माण गर्नको लागि थियो । आमूल परिवर्तनको लागि त्यो विध्वंश भएको थियो ।’

साथै, उनले कसैले जनताको आक्रोश सम्बोधन गर्न चुनाव गराउने र मुलुकलाई अगाडि लैजाने भन्ने सोचेको छ भने त्यो भ्रम मात्र हुने जिकिर गरे । उनले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्ने हिसाबले मात्र निर्वाचनमा जानुपर्ने बताए ।

यस्तै, उनले राजा र राजनीतिक दलहरुका बीचमा एउटा नयाँ समझदारी गरेर अगाडि बढेर देशलाई दुर्घटनाबाट जोगाउ भनेर भन्दा राजनीतिक दलहरुले हाँसो ठट्टामा उडाएको बताए ।

उनले भने, ‘राजा र राजनीतिक दलहरुका बीचमा एउटा नयाँ समझदारी गरेर अगाडि जाउ र देशलाई दुर्घटनाबाट जोगाउ भनेर भन्यौं । तर राजनीतिक दलहरुले हाँसो ठट्टामा उडाए । सोचेको जस्तो देशको अवस्था छैन्, तपाईहरु सच्चिनु हुन्न्, सुध्रिनु हुन्न् भने भाग्नुपर्ने दिन आउछ है भनेर भनेका थियौं । त्यसलाई त झन् मजामा उठाइयो । हामीले कसैलाई रिस गरेर भनेका थिएनौं ।’

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस