२०८२ चैत्र २० गते, शुक्रबार २२:५६

हाइप्रोफाइललाई धम्की दिने प्रकाश पाठकविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी

काठमाडौं –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना उच्च पदस्थ (हाइप्रोफाइल) व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकविरुद्ध प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ।

काभ्रे घर भएका पाठकविरुद्ध प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यो नोटिस जारी गरिएको प्रहरीले जनाएको छ।

धम्की र लोकेसन

पाठकले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर उच्च पदस्थ व्यक्तिहरूलाई धम्क्याउँदै आएका थिए। आफूलाई ‘उग्रवादी संगठनको अध्यक्ष’ बताउने पाठकले सामाजिक सञ्जालमार्फत ती १० जना हाइप्रोफाइललाई ‘सफाया’ गर्ने धम्की दिएका थिए।

उनले धम्की दिएका व्यक्तिहरूमा प्रमुख आयुक्त प्रेम कुमार राईका अतिरिक्त पूर्व मन्त्रीहरू लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईँ रहेका छन्।

प्रहरीको अनुसन्धान अनुसार, पाठक नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेको र हाल फिलिपिन्समा लुकेर बसेको आशङ्का गरिएको छ। उनी केही समयअघि काभ्रेस्थित घरबाट ‘भारत जान्छु’ भनेर हिँडेको र त्यसयता परिवारको सम्पर्कमा नरहेको अनुसन्धानमा संलग्न अधिकृतहरूले जानकारी दिएका छन्।

‘डिफ्युजन नोटिस’ के हो?

प्रहरीका अनुसार, विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्नका लागि इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिन्छ। यो नोटिस जारी भएपछि आरोपीको लोकेसन पत्ता लगाउन र पक्राउ गर्न इन्टरपोलमा आबद्ध विश्वभरका प्रहरी सङ्गठनहरूले सहकार्य गर्छन्।

अर्थमन्त्री वाग्लेलाई लियाकत अलीको ‘फायर’ प्रश्न: “विगतमा संसद्मा राजेशमानलाई कारबाही माग्ने, अहिले आफ्नै सरकार हुँदा किन मौन?”

वीरगन्ज- विगतमा संसद्को रोष्टमबाट वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाहीको

वीरगन्जका मियाको करतुत: पसलभित्रै बालिकालाई अश्लिल भिडियो देखाएर कुकर्मको प्रयास, हात टोकेर जोगिइन् बालिका

वीरगन्ज- वीरगन्ज महानगरपालिकामा एक ११ वर्षीया अबोध बालिकामाथि यौनजन्य हिंसाको

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस