२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५४

हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण

हेटौँडा-

हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक विस्तारमा सर्वोच्च अदालतको आदेशविपरित स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुको सरोकारवाला निकायहरुको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले सडक सीमा क्षेत्रमा निर्माण भएका घर संरचना नभत्काउन सर्वोच्च अदालतको आदेशलाई समेत अवज्ञा गर्दै सडक विस्तार कार्य अगाडि बढाएर मानव अधिकारको उल्लङ्घन गरेको भन्दै सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दवासिनी कंसाकारले पूर्वसूचना समेत नदिई मानव अधिकारको आधारभुत मूल्य र मान्यता समेत पालना नगरी मध्यराती घरहरुमा डोजर चलाइएको भन्दै आपत्ति जनाउनु भयो ।

हेटौँडा–१५ रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुल तथा बुद्ध चोकदेखि सामरी पुल सम्मको ९.५ किलोमिटर क्षेत्रमा एशियन हाइवेको मापदण्ड अनुसार सडक सीमा (२५–२५ मिटर) खाली गराउने अभियानका लागि संरचना हटाउने काम थालिएको थियो ।

प्रशासनले २५–२५ गज (२२.५ मिटर) क्षेत्रमा निर्माण भएका संरचना हटाउने गरी जेसिवी प्रयोग गरेर घर टहरा भत्काउने काम गरेको थियो ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस