२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५४

चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गरौँः सञ्चारमन्त्री

काठमाडौं –

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गर्न प्रश्ताव गर्नुभएको छ ।

विधायन व्यवस्थापन समितिको बिहीवारको बैठकमा भएको चलचित्रसम्बन्धि विधेयकको दफाबार छलफलका क्रममा उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो । उहाँले बोर्डलाई स्वायत्त नै बनाउनुपर्ने र बोर्डमा आउने अध्यक्ष खुला प्रतिष्पर्धाबाटै ल्याउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री र प्रधानमन्त्रीका खल्तीका मान्छे भर्ती गर्ने गरिएकोले देश बिग्रिएको उहाँको भनाई छ । उहाँले हाल खुला नियुक्त हुने पदमा पनि कागजात मिलाएर नामको मात्रै खुला प्रतिष्पर्धा हुने गरेको बताउनु भयो । उहाँले नियुक्तिको लागि करोडौँको डिल गर्ने अवस्थाको अन्त्य गर्नेगरी कानूनी प्रवन्ध गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले अध्यक्ष खुला प्रतिष्पर्धामार्फत मेरिटवेशमा ल्याएपछि बोर्डका सदस्यहरु भने समानुपातिक रुपमा मनोनित गर्न सकिने बताउनु भयो ।

उहाँले बोर्डको अध्यक्षलाई चार वर्ष पूर्णरुपमा काम गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताउनु भयो । सरकार परिवर्तनपिच्छे नै अध्यक्ष परिवर्तन गर्न लाग्दा अपेक्षित काम गर्न नसक्ने उहाँको भनाई छ । काम नगरेको खण्डमा भने हटाउन मिल्ने पनि बनाउनुपर्ने उहाँले बताउनु भयो ।

छलफलमा सहभागी सांसदहरुले बोर्डलाई स्वायक्त बनाउनुपर्ने, सात वटै प्रदेशमा यसको कार्यक्षेत्र विस्तार गर्नुपर्ने, बोर्डको अध्यक्ष र सदस्यहरु नियुक्त गर्दा समानुपातिक ढंगले गर्नुपर्ने बताउनुभएको थियो । सांसदहरुले बोर्डका सदस्यहरुलाई सरकारले हटाउन नपाउने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो । समिति सभापति तुलसाकुमारी दाहालले अर्को बैठकमा विधेयकमा फेरि छलफल हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस