२०८२ चैत्र २२ गते, आईतवार १९:२५

भिजिट भिसा प्रकरणः सहसचिव भट्टराई र अधिकृत अर्यालसहित ७ विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं –

भिजिट भिसा दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीवार अख्तियार भिजिट भिसा दुरुपयोग प्रकरणमा सहसचिव भट्टराईसहित ७ जना र दुई वटा कम्पनीलाई समेत प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ७ चैत  २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो ।

विशेष अदालका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्णशरण लामिछानेकाअनुसार सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रिन लाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दीपक भण्डारी, ग्रिन लाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ ।

अभियोगपत्रअनुसार प्रतिवादीहरुले २५७ जनालाई विदेश पठाएबापत बद्नियतपूर्वक सेटिङ गरी रिसवट लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको दाबी रहेको उहाँको भनाइ छ ।

भिजिट भिसा दुरुपयोगको प्रकृतिअनुसार बिगो माग दाबी गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

वीरगन्जमा हनुमान जयन्ती शोभा यात्रा: सुरक्षामा ‘ड्रोन’ देखि केन्द्रको विशेष टोलीसम्म, साम्प्रदायिक सद्भाव बिगार्नेलाई कडा कारबाहीको चेतावनी

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले शनिबार आयोजना

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस