२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५५

सुदन गुरुङलगायतलाई प्रधानमन्त्रीले दुई करोड ६७ लाख खर्च गरेको आरोप

काठमाडौं-

सरकार र जेन–जीबीच हिजो (बुधबार) सिंहदरबारमा भएको सम्झौतालाई लिएर जेन–जीको एक समूहले असन्तुष्टि जनाएको छ ।
विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो समूहले सुशीला कार्कीले आफ्ना विरोधीहरुको मुख थुन्न दुई करोड ६७ लाख खर्च गरेर प्रधानमन्त्री बनेको आरोप लगाएको छ ।

एक जेन–जी अभियन्ताले कार्कीले २ करोड ६७ लाख पैसा सुदन गुरुङलगायतका मानिसहरुलाई बाँडेको प्रमाण दिन आफू तयार रहेको बताए ।
प्रमाण दिन नसकेको खण्डमा आफू झुण्डिन पनि तयार रहेको उनको भनाइ छ । आफूले प्रमाण दिएपछि प्रधानमन्त्री कार्कीले पदबाट राजीनामा दिनुपर्ने उनले बताए ।

‘जुन दिन जङ्गीअड्डाको बाहिर सुशीला कार्कीको विरुद्धमा नारा घन्किँदै थियो, जङ्गी अड्डा बाहिर विरुद्धमा को–को बोलिरहेका छन्, तिनीहरुलाई मिलाउ, तिनीहरुको मुख बन्द गराउ भनेर तपाईँले २ करोड ६७ लाख कस कसलाई दिनुभयो ? तपाईँको जेठो छोरा (सुदन गुरुङ) हरुलाई दिनुभएको होइन ? म प्रमाण दिन तयार छु । कहाँ आउनुपर्ने हो, त्यो कुरा सत्य होइन भने म झुण्डिन तयार छु । यदि यो कुरा सत्य हो भने तपाईँ राजीनामा दिन तयार हो ?’ प्रश्न गर्दै उनले भने ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस