धनुषा –
धनुषा जिल्लाको विदेह नगरपालिका–२ मा रहेको श्री शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक र लखापाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले विषेश आद्यदालतमा मुद्दा दायर गरेकको छ । विद्यलायका प्रधानाध्यापक धनिलाल ठाकुर र लेखापाल रुण कुमार कुशियैतले लाखौं रुपैया अनियमिता गरेको आरोप लगाउदै अख्यिातरले विषेश अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।
विद्यालयमा आइ.टि.सि.टील्याब संचालन लगायतका शिर्षकमा आएको रकम खर्च नगरि झुठा प्रमाण पेशगरी प्रधानाध्यापक ठाकुर लेखापाल कुशियैत विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर ठहर गर्दै विशेष अदालत मुद्दा दायर गरिएको अख्यिार कार्यालयका सहप्रवक्ता गणेश बहादुर अधिकारीले जानकारीले जानकारी दिए ।
विद्यलायमा आइ.सि.टी ल्याबर डिजिटल लाईब्रेरी निर्माण गर्न आएको रकमलाई अपलच गरेकाले प्रधानाध्यपाक र लेखा पाल विरुद्ध गरी ८ लाख ६२,हजार १५२रुपैया ६५पैसा मागदावी गर्दै मुद्दा दायर गरिएको उनले बताए ।
अख्यितारले गरेको अनुसन्धानमा आर्थिक वर्ष २०७६÷०७७ मा विदेह नगरपालिकाबाट आईसीटी ल्याब व्यवस्थापन शीर्षकमा प्राप्त रु ६ लाख ५० हजार रकमबाट आवश्यक सामग्री खरिद नगरी भुक्तानी लिई लाभ लिएको देखिएको छ । सो अनियमितता ढाकछोप गर्न आईसीटी ल्याब सामग्री खरिद गरिएको भनी झुठ्ठा तथा गलत प्रतिवेदन नगरपालिकामा पेस गरिएको अख्यिारको ठम्याइरहेको छ ।
त्यसैगरी, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ ले तोकेको प्रक्रिया पालना नगरी नक्कली कोटेशन खडा गरिएको, खरिद आदेश, दाखिला प्रतिवेदन, जिन्सी खाता लगायतका आवश्यक अभिलेख नराखिएको पनि अनुसन्धानले देखाएको सहप्रवक्ता अधिकारीको भनाइ रहेको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा आईसीटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको रु ७३,८०० बराबरको प्रोजेक्टर तथा आर्थिक वर्ष २०७९÷०८० मा खरिद गरिएको रु १लाख २४हजार ६५२ रुपैया ६५ पैयास बराबरको स्कुल सफ्टवेयर र स्ट्यान्ड विद्यालयको अभिलेखमा नदेखिनु पनि अनियमितताको अर्को प्रमाण बनेको उनले बताए ।
प्रधानाध्यापक ठाकुर र लेखापाल कुशियैतले आफ्नो पद तथा जिम्मेवारीको दुरुपयोग गरी ८ लाख ६२,हजार १५२रुपैया ६५पैसा बराबरको सरकारी सार्वजनिक सम्पत्ति हिनामिना तथा दुरुपयोग गरेको अख्यिातरले ठहर गरेको छ ।














