२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५४

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौँ –

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेकी छिन् ।

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई आ-आफ्नो ठाउँबाट सहयोग र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आग्रह गरेकी हुन ।

उनले गत भदौ २३ र २४ गतेको जेन जेड युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेकोसमेत बताइन् ।

मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन एक मात्र विकल्प निर्वाचन रहेको उनको भनाई छ ।

शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको उनले बताइन् ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस