२०८२ पुष १० गते, बिहीबार १६:४४

सशस्त्र प्रहरीद्वारा बेवारिसे १२० केजी गाँजा बरामद 

वीरगन्ज –
 सशस्त्र प्रहरी बल, नेपाल पर्साले नेपाल–भारत सीमाक्षेत्रमा लागुऔषध तस्करी विरुद्ध कडाइ बढाउँदै १२० केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।
गएराती पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा गाउँस्थित धुतहा खोलाको किनारमा आठ पोकट गाँजा बरामद गरेको  सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर  पर्साका सुभचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी दिनुभयो।
सशस्त्र प्रहरी बल नेपाल विओपी प्रसौनीभाठाबाट खटिएको गस्ती टोली खोला किनारमा पुग्दा प्रहरीलाई हेरी तस्कहरु भारत तर्फ फरार भएको उहाँले बताउनुभयो।
त्यहाँ छाडिएका पोकाहरू खोलि जाँच गर्दा  १२० केजी लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ भने फरार रहेका तस्करहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
सीमाक्षेत्रलाई लागुऔषध तस्करीमुक्त बनाउन सशस्त्र प्रहरी बलले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाउँदै आएको सुचना अधिकारी योन्जनल जानकारी दिनुभयो।

पोडकास्ट सुन्नुहोस