कलैया-
कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा नवनिर्मित ‘द रोयल कटेज’को शनिबार एक विशेष समारोहका बीच औपचारिक समुद्घाटन गरिएको छ। जनमत पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता उमेश दुबेले पानसमा दीप प्रज्वलन र फिता काटेर कटेजको उद्घाटन गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुबेले स्थानीय स्तरमा हुने यस्ता लगानीले अर्थतन्त्रलाई बलियो बनाउने बताउनुभयो। फेटा गाउँपालिकाका भावी अध्यक्षका दाबेदार समेत रहनुभएका नेता दुबेले भन्नुभयो, “स्थानीय स्तरमा नयाँ व्यवसाय खुल्नु भनेको स्वरोजगारीको अवसर सिर्जना हुनु हो। यसले पर्यटन प्रवर्द्धनका साथै कलैयाको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ।”
उद्घाटन सत्रमा जिल्लाका प्रतिष्ठित व्यवसायी, समाजसेवी, राजनीतिक कार्यकर्ता तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले कटेजको अवलोकन गर्दै कलैयाको विकासमा निजी क्षेत्रको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।
आधुनिक सुविधा र गुणस्तरीय सेवा
कटेज सञ्चालकका अनुसार ग्राहकको चाहनालाई मध्यनजर गर्दै पूर्णतः पारिवारिक र शान्त वातावरणमा सेवा प्रदान गरिनेछ। आधुनिक पूर्वाधारसहित सञ्चालनमा आएको ‘द रोयल कटेज’ले बाह्य तथा आन्तरिक पर्यटकलाई स्तरीय खानपान र बसोबासको सुविधा दिने लक्ष्य राखेको छ।
स्थानीय स्रोत र साधनको प्रयोगलाई प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको यस कटेजले आगामी दिनमा आफ्नो सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिवद्धता समेत सञ्चालक पक्षले जनाएको छ।















