पर्सा-
पर्साको कालिकामाई गाउँपालिकामा सक्रिय ‘कालिकामाई युवा समाज’ को दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। संस्थाका संस्थापक अध्यक्ष आकाश चौरसियाको अध्यक्षतामा भएको सो सभाले चौरसियाकै नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा आकाश महतो, उपाध्यक्षमा भरत साह, महासचिवमा विशाल कुशवाहा र सचिवमा सुदिप चौरसिया चयन भएका छन्। त्यसैगरी संस्थाको आर्थिक जिम्मेवारी (कोषाध्यक्ष) मा बुलेट तिवारी चुनिएका छन्। सदस्यहरूमा सविर आलम, मोहन महतो, रमेश चौरसिया, साहजाद आलम, सुजित कुशवाहा, चन्द्रशेखर पटेल र विनय चौरसिया रहेका छन्। समितिमा १३ सदस्यीय कार्यसमिति र २१ सदस्यीय साधारण सभा सदस्य रहने व्यवस्था गरिएको छ।
पुनः अध्यक्षमा निर्वाचित भएपछि आकाश चौरसियाले संस्थालाई दृढ संकल्पका साथ नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। उनले सम्पूर्ण कार्यसमिति र साधारण सदस्यहरूको सल्लाह र सुझावलाई आत्मसात् गर्दै सामाजिक सेवाका कार्यमा अघि बढ्ने बताए।
अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सहजीकरण गर्ने निर्वाचन अधिकृत सुबोध कुमार चौरसिया, सदस्यहरू छठू साह, जयप्रकाश चौरसिया र तपसी साहलाई नयाँ कार्यसमितिले टिका, खाँदा र सम्मान पत्र प्रदान गरी सम्मानित गरेको छ।
साधारण सभामा वडा नं. २ का वडाध्यक्ष सोनालाल प्रसाद चौरसिया प्रमुख अतिथि रहेका थिए भने वडा नं. १ का वडाध्यक्ष लालबाबु प्रसाद चौरसिया विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू इन्द्रदेव कुर्मी, सुबोध चौरसिया, तपसी साह, शिक्षक जयप्रकाश चौरसिया, वडा सदस्य सञ्जय शर्मा र इलाका प्रहरी कार्यालय कालिकामाईका एएसआई जगमोहन साह कानु लगायत स्थानीय युवाहरूको बाक्लो उपस्थिति रहेको थियो।














