वीरगन्ज –
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरी पन्तले फागुन २१ को प्रतिनिधी सभाको निर्बाचन पछि पहिलो पटक मुलुकले मधेसी युवा बालेन्द्र साहलाई प्रधानमन्त्रिको रुपमा पाउने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी वीरगन्ज महानगरपालिका १ को प्रथम ऐतीहासिक वडा भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । सभापति पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसको छोरा बलेन् साहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्नु हामी आम मधेसबासि र मधेसको लागि गर्भको कुरा भएको बताए । उनले अब मधेसको छोरालाई प्रधानमन्त्रि बन्न बाट कसैले पनि रोक्न नसक्ने समेत बताए ।
बजार छपकैयामा सम्पन्न उक्त वडा भेलाले धुरूप साहको सभापतित्वमा एघार सदस्यिय समिति गठन समेत गरेको थियो । समितिको
उपसभापतिमा मनोज कुमार , सचिवमा धीरज साह कलवार र सदस्यहरूमा धुरेन्द्र साह तेली ललन पासवान ,लालचन कुमार कानु , धर्मेन्द्र दास असलम मिया,राधे शाह तेली ,गिरिजा देवी ठाकुर , उमाराबती देबि रहेका छन । त्यसैगरी स सल्लाहकारहरुमा बैजु साह मिकाइल मिया ,श्याम साह रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको वीरगन्ज महानगरपालिकाका सभापति अमन आलमको सभापतित्वमा सम्पन उक्त भेलामा १ नम्बर वडाका सयौं वडाबासीहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।
कृष्णा पासवानले सहजिकरण गरेका भेलालाई केन्द्रिय सदस्य डा नन्दन यादब क्षेत्रीय सभापति राम आर्य लगायतले सम्वोधन गरेका थिए भने किसान साहले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा महानगर उपसभापति परितोश द्विवेदी सचिव गौतम श्रेष्ठ , जिल्ला सचिव सुदिष प्रजापति ,कोषाध्यक्ष दिलीप कुर्मी , फैयाद मिया लगायतका नेताहरुको सहभागिता रहेको थियो ।















