२०८२ पुष २४ गते, बिहीबार ००:५९

मधेश साक्षर प्रदेश चाँडै घोषणा हुन्छः शिक्षामन्त्री पुन

जनकपुर –

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले प्रदेश सरकार र स्थानीय तहले ध्यान नदिए मधेश प्रदेश कहिल्यै साक्षर हुन नसक्ने बताएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायलद्वारा जनकपुरधाममा आईतबार आयोजित साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी १ दिवसीय गोष्ठीमा बोल्दै मन्त्री पुनले मधेश प्रेदश र स्थानीय तहलाई अगाडि आएर शिक्षा सम्बन्धी समस्याहरुको निधानका लागि पहल गर्नु पर्ने बताए ।

उनले अहिले सम्मको इतिहास हेर्दा केन्द्रले अगाडि बसेर काम गर्ने र प्रदेश र स्थानीय तहले पछाडि बसेर काम गर्ने गरेको देखिएको जानकारी दिए । मन्त्री पुनले अब प्रदेश सरकार र स्थानीय तहलाई अगाडि आएर काम गर्न र केन्द्र सरकारले पछाडि बसेर त्यसमा सहयोग गर्ने बताए ।
मन्त्री पुनले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने सरकारको लक्ष्य रहेको जानकारी दिए । उनले तीनै तहको सरकारले मिलेर काम गरे मधेश साक्षर प्रदेश चाँडै घोषणा हुने बताए ।

विद्यायलहरुमा राजनीतिकरण हावी हुनु नै मधेश प्रदेशको शिक्षाको स्तर खस्किनुको मुख्य कारण रहेको मन्त्री पुनले बताए । उनले देशभरिमै ५० प्रतिसत भन्दा बढी गुनासो मधेश प्रदेशबाटै आउने गरेको जानकारी दिए । उनले विद्यालयहरुमा व्यवस्थापन समितिले मनोमानी गरेको गुनासोहरु मधेश प्रदेशबाट दिनहु आउने गरेको बताए ।

मन्त्री पुनले मधेश प्रदेशको कतिपय विद्यालयहरुमा शिक्षकले तलप खाइरहेको तर विद्यार्थी भने एउटा पनि नरहेको पाइएको बताए । उनले ती विद्यालयहरुको नाम संकलन गर्ने कार्य भइरहेको जानकारी दिए ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस