२०८३ आश्विन २० गते, मंगलवार ०५:११

स्वास्थ्य बिमामा निर्णायक कदम चाल्ने बेला आएको छः स्वास्थ्य मन्त्री गौतम

काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा।सुधा गौतमले स्वास्थ्य बिमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बिमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडौं रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बिमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताईन् ।

उनले वर्तमान सरकारले बिमा, औषधी र आपूर्ती तीन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी गराएकी छन् ।
उनले भनिन्, ‘अहिले यो सरकारको प्राथमिकतामा तीन वटा कुरा राखेका छौ, त्यसमा बिमा, औषधी र आपूर्ती रहेको छ । बिमाको विषयमा एउटा निर्णायक कदम नचाल्ने हो भने बिमा ठिक तरिकाले चलि रहेको छैन्, धेरै नै गाह्रो अवस्था छ । करोडौंको भुक्तानी बाँकी छ ।’

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस