२०८३ आश्विन २० गते, मंगलवार ०५:१०

जनकपुरधाममा गगन थापाको पुतला दहन

जनकपुर –

जनकपुरधाममा नेपाली कांग्रेसका नेता गगन थापाको पुतला दहन गरिएको छ ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र नीधि पक्षधरका नेता तथा कार्यकर्ताहरुले मंगलबार साँझ जनकपुरधाममा गगन थापा विरुद्ध नारावाजी गर्नुका साथै पुतला दहनसमेत गरेका छन् ।

उनीहरुले गगन थापा मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा जनकपुरधामको पिडारी चोक ठप्प बनेको थियो । दुबै तर्फबाट आवत जावत गर्ने सवारी साधनहरु बन्द भएको थियो ।

नेता नीधिमाथि सञ्चालित रुपमा केही व्यक्तिहरुले आज दुव्र्यवहार गरेकोले त्यस्ता व्यक्तिहरुको विरुद्धमा आज जनकपुरधामका नीधि पक्षधर कांग्रेसका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसका युवा नेता राकेश विक्रमले बताए । पार्टीले सबै नेतालाई सम्मान गर्न सिकाएको बताउँदै नेता नीधिमाथि भएको दुव्र्यवहार गलत रहेको बताए ।

काठमाडौंको सानेपस्थित कांग्रेस केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले मंगलबार दिउँसो पार्टी कार्यायल बाहिर घेराउ गरेका थिए ।

कार्यालयमा हुने केन्द्रीय कार्यसम्पादनको बैठकमा सहभागी हुन आइपुगेका नेता निधिलाई बाहिर कार्यकर्ताहरूले घेरेर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जाल तथा समाचारहरुमा प्रकाशित भएपछि नेपाली कांग्रेसका नीधि पक्षधरहरु आक्रोसित भएका छन् ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस