२०८३ आश्विन २० गते, मंगलवार ०४:२१

पर्सा प्रहरीद्वारा वीरगन्जको रामनगरबाट ठग चौरसिया पक्राउ

वीरगन्ज –

केन्द्रीय कारागार काठमाडौँबाट फरार रहेका एक ठगी अभियोगीलाई पर्सा प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।

केन्द्रीय कारागारबाट फरार भएका वीरगन्ज महानगरपालिका–१६ का २३ वर्षीय प्रविण चौरसियालाई प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ २३ र २४ गते देशभर भएको नवयुवाहरूको आन्दोलनका क्रममा कारागारबाट फरार भएका चौरसियालाई पूर्वसूचनाको आधारमा बिहीबार दिउँसो वीरगन्ज महानगरपालिका–१५ स्थित रामनगर चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो ।

ठगी मुद्दामा अदालतबाट दोषी ठहर भई ५ वर्ष ६ महिना कैद तथा ८७ हजार ५०० रुपैयाँ जरिवाना सजाय सुनाइएका चौरसियालाई कैद भुक्तानका लागि आज वीरगन्ज कारागार पठाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस