२०८३ आश्विन २० गते, मंगलवार ०४:२२

पर्सा–१ मा उज्यालो नेपाल पार्टीको चुनावी अभियान तीव्र, उम्मेदवार रामकिशोर सिंह (पराग) पिपराका टोल–टोलमा

वीरगन्ज-

आसन्न प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढेसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीले आफ्नो जनसम्पर्क अभियानलाई तीव्र बनाएको छ। यसै क्रममा सो पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आज वीरगन्ज महानगरपालिका वडा नम्बर १४, पिपराका टोलवासीसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको छ।

भेटघाट कार्यक्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दाका समस्या, अपेक्षा र सुझावहरूलाई नजिकबाट सुन्नुभएको थियो। सो अवसरमा बोल्दै उहाँले अबको नेतृत्व र परिवर्तन युवाहरूको हातमा रहेको स्पष्ट पार्नुभयो।

सम्बोधनका क्रममा उम्मेदवार सिंहले युवा स्वरोजगारका लागि सहर वा काठमाडौं ताक्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “युवाले खोजेको नेतृत्व र चाहेको परिवर्तन युवाबाट नै सम्भव छ। गाउँमै बसेर रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ, जसका लागि हामीसँग स्पष्ट योजना र भिजन छ।”

वीरगन्ज महानगरपालिका वडा नम्बर २० मा वडा अध्यक्षका रूपमा निर्वाचित भएर काम गरिसकेका सिंहले आफ्नो स्थानीय तहको अनुभवलाई संघीय संसदमा जनआवाज उठाउन प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। “मैले वडामा बसेर जनताका समस्यालाई नजिकबाट बुझेको छु। त्यहाँको कार्यअनुभवलाई अब संघीय संसद भवनसम्म पुर्‍याएर यस क्षेत्रको समग्र विकासमा लगाउनेछु,” उहाँले थप्नुभयो।

कार्यक्रममा पिपरावासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय जनताले सिंहको सक्रियता र अनुभवप्रति चासो र विश्वास व्यक्त गरेका छन्। उज्यालो नेपाल पार्टीले निर्वाचन लक्षित जनसम्पर्क कार्यक्रमलाई क्षेत्रका अन्य भागहरूमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस