२०८३ बैशाख २८ गते, सोमबार २१:२१

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, भोलि पुनः सुनुवाइ हुने

काठमाडौं-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतमा सोमबारको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको बहस सोमबार नसकिएपछि उक्त रिटलाई हेर्दाहेर्दैमा राखिएको हो। सर्वोच्च स्रोतका अनुसार, यस महत्वपूर्ण रिटमाथि अब मंगलबार (भोलि) पुनः सुनुवाइ हुनेछ।

लामिछाने विरुद्धको राहदानी (पासपोर्ट) दुरुपयोग सम्बन्धी मुद्दा चलाउनु नपर्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट दायर भएको थियो। सरकारले राजनीतिक दबाबका आधारमा मुद्दा फिर्ता लिएको भन्दै परेको यो रिटमाथिको फैसलाले लामिछानेको राजनीतिक भविष्यमा ठूलो अर्थ राख्ने देखिएको छ।

यसअघि पनि लामिछानेको नागरिकता विवादका कारण उनको सांसद र मन्त्री पद खारेज भएको थियो। अहिले फेरि मुद्दा फिर्ताको विषय अदालतमा बल्झिएपछि राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

मंगलबार हुने सुनुवाइपछि सर्वोच्चले के कस्तो आदेश दिने हो, त्यसले रास्वपा र सत्ता समीकरणमा समेत हलचल ल्याउन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस