२०८३ असार २१ गते, आईतवार ०३:०२

मूल्यवृद्धिले निर्माण क्षेत्र ठप्प, व्यवसायी सडकमा

काठमाडौँ –

निर्माण सामग्रीको चर्को मूल्यवृद्धिका कारण देशभरका निर्माण व्यवसायी आन्दोलित बनेका छन् । लागत अत्यधिक बढेपछि ठेक्काअनुसार काम गर्न नसकिएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले आजदेखि आन्दोलनका कार्यक्रम सुरु गरेको हो ।

महासङ्घले सरकारसमक्ष आफ्ना माग राख्दै देशभरका सरकारी निकायमा धर्ना, घेराउ र विरोध कार्यक्रम थालेको जनाएको छ । महासङ्घका प्रवक्ता मंगलबहादुर शाहीका अनुसार आज बिहान १० बजेदेखि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा निर्माण व्यवसायीहरूले धर्ना दिएका छन् । काठमाडौँमा भने सडक विभाग, सिँचाइ विभागलगायत सम्बन्धित मन्त्रालयहरूमा समेत विरोध प्रदर्शन गरिएको छ ।

प्रवक्ता शाहीले फेब्रुअरी २८ देखि सुरु भएको वैदेशिक युद्धको असरले इन्धन तथा निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेको बताए । तर, बजार भाउअनुसार सरकारले ठेक्काको रकम समायोजन नगर्दा देशभरका करिब ७ देखि ८ हजार आयोजना प्रभावित बनेको उनको दाबी छ ।

‘अहिलेको लागतमा निर्माण कार्य अघि बढाउन सम्भव छैन । त्यसैले व्यवसायीहरू बाध्य भएर आन्दोलनमा उत्रिएका हुन्,’ शाहीले बताए ।

आन्दोलनरत व्यवसायीहरूले सरकारसमक्ष तीन मुख्य माग अघि सारेका छन्।

  • बढेको बजार मूल्यअनुसार ठेक्काको रकम समायोजन गरिनुपर्ने
  • रोकिएका आयोजनाको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण बनाइनुपर्ने
  • आगामी बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानी सुनिश्चित गरिनुपर्ने

महासङ्घका अनुसार यातायात, होटल तथा हवाई क्षेत्रले मूल्य समायोजन गरिसके पनि निर्माण क्षेत्र भने अझै पुरानै दरमा काम गर्न बाध्य छ । समयमै म्याद थप र बजेट व्यवस्थापन नभए धेरै आयोजना रुग्ण बन्ने तथा राज्यलाई थप आर्थिक भार पर्ने चेतावनी व्यवसायीहरूले दिएका छन् ।

यस्तै, आन्दोलनकै क्रममा व्यवसायीमाथि भइरहेको धरपकडप्रति पनि महासङ्घले असन्तुष्टि जनाएको छ । अनुसन्धानको नाममा व्यवसायीलाई अनावश्यक दुःख दिइँदा लगानीको वातावरण बिग्रिने शाहीको भनाइ छ । उनले सरकारलाई व्यवसायीमैत्री वातावरण बनाउन र सहकार्यको सम्बन्ध कायम राख्न आग्रह गरे ।

महासङ्घले माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम निरन्तर जारी रहने चेतावनी दिएको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस