२०८३ असार २१ गते, आईतवार ०१:५१

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ। महानगरपालिकाको कार्यपालिका बोर्ड बैठकको निर्णयअनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा रहेको ४ बिगाहा ५ कठ्ठा जग्गा विश्वविद्यालयलाई उपलब्ध गराइएको हो।

लामो समयदेखि भाडाको भवनबाट आफ्नो प्रशासनिक कार्य सञ्चालन गर्दै आएको विश्वविद्यालयले जग्गा प्राप्त गरेसँगै अब आफ्नै स्वामित्वको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने बाटो खुलेको छ। महानगरपालिकाले वीरगन्ज क्षेत्रको शैक्षिक विकास र यसलाई उच्च शिक्षाको प्रमुख केन्द्र (हब) का रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्यसहित यो महत्त्वपूर्ण निर्णय लिएको जनाएको छ।

यसैबीच, विश्वविद्यालयका लागि जग्गा व्यवस्थापन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह तथा कार्यपालिका बोर्डका सम्पूर्ण सदस्यहरूलाई स्थानीय सरोकारवाला, शिक्षाप्रेमी तथा सर्वसाधारणले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

महानगरपालिकाको यस सकारात्मक कदमले मधेश प्रदेशकै गौरवको रूपमा रहेको मधेश विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउन ठूलो योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस