काठमाडौं –
राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्।
संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएका उक्त विधेयकहरू बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस गरिएको थियो। संविधानबमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै ती विधेयक ऐनका रूपमा कार्यान्वयनको बाटो खुलेको छ।












