काठमाडौं –
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
सोमबार बिहान ५ः४५ बजे गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सडकमाथिबाट सुक्खा पहिरो खस्दा बाटो दुईतर्फी अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
पहिरो हटाएर अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले बताएको छ ।












