२०८३ आश्विन २ गते, शुक्रबार ११:०७

५ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ, इलाका प्रहरी कार्यालय सिमराअगाडि प्रदर्शन

सिमरा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्।

बालिकामाथि पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले सोही गाउँका असम्जान मियाँलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

घटना सार्वजनिक भएपछि आक्रोशित बनेका स्थानीयबासीले आरोपीमाथि कडा कानुनी कारबाहीको माग गर्दै राति नै प्रहरी चौकी घेराउ गरेका थिए। प्रदर्शनका क्रममा स्थानीयले आरोपीलाई आफ्नै जिम्मा लगाउनुपर्ने माग गरेपछि राति करिब ९:२० बजेतिर सो क्षेत्रको अवस्था निकै तनावपूर्ण बनेको थियो।

अवस्था नियन्त्रणमा लिन प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आरोपीलाई हिरासतमा राखी कानुनी प्रक्रिया बमोजिम घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस