२०८३ आश्विन २२ गते, बिहीबार २०:४१

माइतीघरबाट ३ करोड ३८ लाखभन्दा बढीको अवैध अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबार गर्ने एक युवा पक्राउ

काठमाडौँ —

काठमाडौँको माइतीघर क्षेत्रबाट ३ करोड ३८ लाख रुपैयाँभन्दा बढी रकमको अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्रा우 पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-३ घर भई हाल काठमाडौँ महानगरपालिका-३२ बस्ने २२ वर्षीय बिक्की कुमार महतो रहेका छन्। बुधबार अपराह्न माइतीघरस्थित सडक खण्डमा शङ्कास्पद रूपमा हिँडिरहेका महतोलाई प्रहरी टोलीले चेकजाँच गरेको थियो।

सोधपुछ तथा खानतलासीका क्रममा उनले ‘वान एक्सबेट’ (1xBet) र ‘मोबक्यास’ एप्लिकेसनमार्फत अनलाइन जुवा (सट्टेबाजी) खेलाएको तथा यूएसडीटी (USDT) लगायतका अभौतिक मुद्राको अवैध कारोबार गरेको खुलेको छ। निजले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रुपैयाँ ९१ पैसाभन्दा बढीको अवैध कारोबार गरेको पाइएपछि प्रहरीले उनलाई १ थान मोबाइलसहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेका महतोमाथि अभौतिक मुद्रा तथा सट्टेबाजी गर्न नहुनेसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस