२०८३ आश्विन २३ गते, शुक्रबार १२:१७

न्युजः अपडेट पोखरामा बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु

पोखरा –

पोखरा महानगरपालिका–२८ माझथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ।

दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार बस ओख्लेभीर भन्ने स्थानबाट करिब २०० मिटर तल खसेको थियो। मृत्यु हुने चारै जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ। प्रहरी टोली अस्पताल पुगेर घटनाबारे थप विवरण संकलन गरिरहेको छ।

दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस