२०८३ कार्तिक २२ गते, आईतवार ०:४९

घृणा, प्रतिशोध र पूर्वाग्रह त्यागेर नयाँ वर्षमा सकारात्मकता अपनाऔँ :सभापति थापा

काठमाडौं –

नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन् ।

नेपाल संवत् ११४७ तथा शुभ दीपावलीको अवसरमा काठमाडौं महानगर समितिले आयोजना गरेको सुकुन्दा ¥यालीमा सहभागी हुँदै उनले नयाँ वर्षको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिएका हुन् ।

उनले नेपाल संवत्को अवसरमा नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गरे ।

‘यो वर्ष जति पनि नकारात्मक कुराहरू छन्, घृणा, प्रतिशोध, पूर्वाग्रह सबै कुराहरू पुरानो वर्षसँगै त्यागौँ र नयाँ वर्ष नयाँ उत्साह र नयाँ जोशका साथ सकारात्मकतासहित सुरु गरौँ,’ उनले भने ।

थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे ।

प्रतिक्रिया

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा

पोडकास्ट सुन्नुहोस