२०८३ कार्तिक २२ गते, आईतवार ०:५५

पार्टीको आधिकारिकता विवादमा १८ करोडको आर्थिक चलखेल भयो, निष्पक्ष छानबिन हुनुपर्छ: पूर्वप्रधानमन्त्री देउवा

काठमाडौँ–

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवाद निरूपणमा ठूलो आर्थिक चलखेल र अनुचित दबाब परेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित आफ्नो पक्षको काठमाडौँ जिल्ला कार्यसमितिको १५औँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका हुन्।

निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिइएको र रकमको प्रभावमा अर्को पक्षलाई आधिकारिकता दिइएको भन्ने समाचारहरू सार्वजनिक भएको उल्लेख गर्दै देउवाले भने, “पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको आरोप सार्वजनिक भएका छन्। यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन भई सत्यतथ्य बाहिर आउनुपर्छ।”

१८ करोडमा पार्टी बेच्नेले कांग्रेस जोगाउन सक्दैनन्

एक जना व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति आएको तर्फ सङ्केत गर्दै देउवाले पैसाको बलमा सिङ्गो पार्टी नै किन्ने प्रयास भएको टिप्पणी गरे। पार्टी सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै उनले भने, “१८ करोडमा पार्टी अरूलाई बेच्नेले कांग्रेस जोगाउन सक्दैनन्। पार्टी पैसाको प्रभावमा होइन, विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ।” पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने उनको भनाइ थियो।

व्यक्तिगत स्वार्थ छैन, पार्टी र देशका लागि योगदान गर्छु

आफ्नो लामो राजनीतिक यात्रा स्मरण गर्दै पूर्वप्रधानमन्त्री देउवाले अब आफ्नो कुनै व्यक्तिगत महत्त्वाकाङ्क्षा नरहेको स्पष्ट पारे। “मैले जीवनमा धेरै कुरा पाइसकेको छु। अब मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, बरु पार्टी र देशका लागि योगदान दिनु छ,” उनले भने, “यो पार्टीलाई जोगाउने र देशलाई समृद्ध बनाउने जिम्मेवारी हामी सबैको हो।”

अदालतबाट न्याय पाउने र ‘रुख’ चिह्न जोगिने विश्वास

आधिकारिकतासम्बन्धी विवाद हाल अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले सम्मानित अदालतबाट न्याय पाउनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताए।

“मलाई विश्वास छ, यसपटक हामीले रुख चुनाव चिह्न लिएर अघि बढ्ने अवसर पाउनेछौँ,” देउवाले भने, “अदालतबाट न्यायपूर्ण निर्णय आउनेछ भन्ने विश्वासका साथ हामी दृढतापूर्वक अघि बढ्छौँ।”

प्रतिक्रिया

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा

पोडकास्ट सुन्नुहोस