२०८३ मंसिर ३ गते, बिहीबार ३:०१

बृदाबन् नगरपालिकामा सनातन हिन्दू मोर्चा गठन


रौतहट —

रौतहटको वृन्दावन नगरपालिकामा सनातन हिन्दू मोर्चाको १३ सदस्यीय नगर समिति र ११ सदस्यीय युवा समिति गठन गरिएको छ।
विश्रामपुरस्थित श्री हनुमान मन्दिरको प्राङ्गणमा आयोजित एक भेलामार्फत नयाँ कार्यसमिति चयन गरिएको हो। कार्यक्रम संयोजक राजु साह तेलीको सक्रियतामा सम्पन्न भेलामा हिन्दूवादी अगुवा, स्थानीय युवा तथा सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा सनातन हिन्दू धर्मको संरक्षण, हिन्दू राष्ट्र नेपालको पुनःस्थापना र समृद्ध समाज निर्माणका विषयमा गहन छलफल भएको थियो। साथै, समाजमा जरा गाडेर बसेका जातीय छुवाछूत, बालविवाह, दाइजो प्रथा र लागुपदार्थ दुर्व्यसनजस्ता विकृतिविरुद्ध सशक्त अभियान चलाउने निष्कर्ष निकालिएको छ।

भेलाबाट मुगलला राउतको अध्यक्षतामा गठित १३ सदस्यीय नगर समितिको उपाध्यक्षमा गणेश भगत, सचिवमा जगदिश मिश्रा र कोषाध्यक्षमा रामचन्द्र रौनियार चयन भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यहरूमा शिवचन्द्र दास बाबा, दुःखा भगत, फेकन साहू, राम एकवाल बैठा, गोबिन्द दास, महेश राय, भैरोलाल पटेल र जंगली भगत रहेका छन्।

यसैगरी, रितेश पटेलको अध्यक्षतामा ११ सदस्यीय युवा समितिसमेत गठन गरिएको छ। समितिको उपाध्यक्षमा रोहित यादव, सचिवमा रुपेश यादव र कोषाध्यक्षमा बृजेश पाल रहेका छन् भने सदस्यहरूमा अजित यादव, संतोष साहू, सरोज महतो र धनश्याम पटेललगायत चयन भएका छन्।

उक्त कार्यक्रममा सनातन हिन्दू मोर्चाका केन्द्रीय अध्यक्ष संतोशानन्द, केन्द्रीय सदस्य योगेन्द्र प्रसाद कलवार, बारा जिल्ला अध्यक्ष गोपाल दास लगायत रौतहट जिल्लाका अगुवाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस