२०८३ मंसिर ६ गते, आईतवार २३:४१

फिल्म ‘रामायण’ माथि प्रतिबन्ध लगाउन विश्व हिन्दू परिषद्को माग

काठमाडौँ –

भारतको हिन्दूवादी संगठन विश्व हिन्दू परिषद् (भीएचपी) ले फिल्म ‘रामायण’ को सेन्सर प्रमाणपत्र रद्द गरी प्रदर्शनमा तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ । महर्षि वाल्मीकि रचित मूल रामायणको कथामा तोडमोड गरिएको र रावणको चरित्रको महिमागान गरिएको आरोप लगाउँदै परिषद्ले यस्तो माग राखेको हो ।

विश्व हिन्दू परिषद्द्वारा जारी विज्ञप्तिमा चलचित्रले आदि कवि वाल्मीकिद्वारा रचित मूल रामायणका ऐतिहासिक तथा पौराणिक तथ्यहरूलाई बंग्याएर काल्पनिक प्रसंगहरू थपेको उल्लेख छ । यसले विश्वभरका एक अर्बभन्दा बढी रामभक्तहरूको धार्मिक आस्थामा गम्भीर चोट पुर्‍याएको परिषद्को ठहर छ ।

परिषद्का केन्द्रीय महामन्त्री बजरंग बागडाले चलचित्रका निर्माताहरूमाथि अनावश्यक राजनीतिक दृष्टिकोण स्थापित गर्न खोजेको गम्भीर आरोप लगाएका छन् । चलचित्रमा भगवान् रामको चरित्रलाई हल्का बनाइएको र रावणलाई ‘शोषितहरूको मुक्तिदाता’ का रूपमा चित्रण गरिएको परिषद्को भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, “ज्ञान र सामर्थ्य भए पनि अहंकारका कारण सृष्टि र ऋषि–मुनिका यज्ञ–साधनामा बाधा पुर्‍याउने दुराचारी रावणलाई चलचित्रको सुरुदेखि नै ‘दलित, शोषित र पीडित वर्गको उद्धारक’ का रूपमा चित्रण गरी महिमामण्डित गर्न खोजिएको छ ।”

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस