२०८३ जेष्ठ १६ गते, शनिबार १८:२२

यू-१९ महिला टी-२० विश्वकप-नेपाल आज निर्णायक खेल यूएईसँग खेल्दै

काठमाडौं-

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेल नेपालले आज ९बुधबार० घरेलु टोली यूएईसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।

यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले कुवेतलाई १६५ रनले हराएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । यस्तै चौंथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले हराएको थियो ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस