२०८२ असार १७ गते, मंगलवार १४:१४

वीरगन्ज-

पर्साको वीरगन्जमा एक जनाको शव फेला परेको छ। वीरगन्ज महानगरपालिका–१६ बसपार्क स्थित देव दरवार होटेल अगाडी सडक पेटी नजैकै मंगलबार बेलुका एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ।

अन्दाजी ३०–३५ वर्षजस्तो देखिने पुरुषको शव सपार्क स्थित देव दरवार होटेल अगाडी सडक पेटी नजैक देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ । शवको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस