२०८३ बैशाख २ गते, बुधबार ०५:४२

इजरायलद्वारा बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमण शुरु

काठमाडौ –
इजरायली लडाकु विमानहरूले बेरुतको दक्षिणी उपनगरहरूमा १३ वटा हिंसात्मक आक्रमणहरू शुरू गरेका छन् ।

एजेन्सीले बेरुत र माउण्ट लेबनानभरि क्षेप्यास्त्रको हिंस्रक आवाज सुनिएको हारेत हरिक, घोबेरी, लैलाकी र वरपरका क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ ।

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले हरेट हईक, बिर अल–अबेद, स्फेयर, म्रेइजेह र लैलाकीका बस्तीहरूलाई खाली गर्ने चेतावनी दिएका छन् ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ । इजरायलले अक्टोबरको शुरुमा लेबनानमा आफ्नो उत्तरी सीमाना पार गरेर भूमिगत कारबाही शुरु गरेको थियो ।

स्वास्थ्य मन्त्रालयकाअनुसार गत वर्षको अक्टोबरमा द्वन्द्व शुरु भएदेखि इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४३ पुगेको छ भने घाइतेको संख्या १४ हजार १३४ पुगेको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस