काठमाडौ –

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौंमा आजको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रवार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो । आईतवार बयानलाई निरन्तरता दिनेगरी आजको लागि बयान सकिएको बताइएको छ ।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेबिरुद्ध मंसिर २ गते पक्राउ अनुमति जारी भएको थियो ।

उहाँलाई बिहीवार साँझ काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्