२०८२ असार ४ गते, बुधबार ११:३६

पर्सा-

वीरगन्जको गहवामाइ मन्दिरमा यहि शनिबार २१०० दिप प्रज्वलन हुने भएको छ ।

अयोध्यामा श्री रामललाको प्राण प्रतिष्ठा तथा श्री राम मन्दिर उद्घाटन वार्षिकोत्सवको अवसरमा श्री गहवा माइ मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ।

यहि शनिबारका २७ गते धार्मिक र सांस्कृतिक महत्वका साथ आयोजना हुने यस कार्यक्रममा बेलुकी ५:३० बजे २१०० (दुई हजार एक सय) दीप प्रज्वलन गरिने मन्दिर समितिले जनाएको छ ।

माइस्थान सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले सम्पूर्ण भक्तजनलाई यो महत्वपूर्ण कार्यक्रममा सहभागी भई आफ्नो उपस्थितिबाट यस अवसरलाई विशेष बनाउन आग्रह गरेका छन् ।

यस अवसरमा भक्तजनहरूको सहभागीता मात्र नभई धार्मिक आस्थाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान रहने विश्वास गरिएको छ। कार्यक्रमले धार्मिक एवं सांस्कृतिक एकता थप सुदृढ गर्ने अपेक्षा गरिएको समितको भनाइ छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस