२०८३ बैशाख २ गते, बुधबार ०४:४३

दुर्घटनामा मधेशका स्वास्थ्यमन्त्री सिंह सहित ३ जना घाइते , छानबिन समिति गठन

जनकपुर–

जनकपुरमा दुई सरकारी गाडी आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन्।

सोमबार राति करिब साढे ९ बजे रामानन्द चोकमा मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडीमा प्र ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको बताइएको छ। दुर्घटनामा घाइते मन्त्री सिंहको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ।

मन्त्री सिंहलाई अस्पतालमै पुगेर मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य लाभको कामना गरे। उनले मन्त्रीजीको स्वास्थ्य स्थिति खतरामुक्त रहेको र घटनाबारे छानबिन गर्न धनुषा प्रहरीले डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको बताएका छन्।

स्वास्थ्यमन्त्री सिंह सवार गाडी खानेपानी डिभिजन कार्यालयको गाडीमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

एसपी तिवारीका अनुसार दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मन्त्री सिंहसहित चालक र सुरक्षाकर्मी तीनैजनाको अवस्था सामान्य रहेको छ । उपचारमा संलग्न चिकित्सकले उनको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस