२०८३ आश्विन १८ गते, आईतवार १७:०२

सशस्त्र प्रहरी दिवसमा मधेसका डिआईजीसहित दुई जना एसपी आज सम्मानित हुदैँ

वीरगन्ज –

२४ औँ सशस्त्र प्रहरी बल दिवसको अवसरमा मधेस प्रदेशबाट तीन जना नेपाल प्रहरीका अधिकारी सम्मानित हुने भएका छन् ।

मधेस प्रदेशका नेपाल प्रहरीका डिआईजीसहित दुइजना एसपीलाई सशस्त्र प्रहरी बल मुख्यालय काठमाण्डौँले मंगलबार (आज) सम्मानित गर्दैछ । डिआईजी लालमणी आचार्यसहित पर्सा र सर्लाहीका एसपीद्वयलाई सम्मान गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

डिआईजी आचार्यसहित पर्साका एसपी कुमोध ढुंगेल र सर्लाहीका एसपी रबिन्द्र बहादुर सिंहलाइ सम्मानित गरिने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । उनीहरुलाई कदर पत्रले सम्मानित गर्न लागिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

मधेसमा सशस्त्र प्रहरी बलको काम कर्तव्यमा सहयोग पुर्याएवापत तीनै जनालाइ सम्मानित गर्न लागिएको बताईएको छ । तीनै जना प्रहरी अधिकारीहरुलाई सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा आयोजना हुने कार्यक्रममा सम्मानित गरिने छ ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस