२०८३ असार १० गते, बुधबार १०:४७

रुसी संघ बिरुद्धको युद्धमा नेटो देशहरुको प्रत्यक्ष संलग्नता स्वीकार्य छैनः रुस

 काठमाडौं-

रूसले युक्रेनमा युरोपेली सेनाको सम्भावित तैनाथीलाई द्वन्द्वमा प्रत्यक्ष नेटोको संलग्नताको रूपमा हेर्ने रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताउनुभएको छ । लाभरोभले यो कदमलाई रूसी संघ विरुद्धको युद्धमा नेटो देशहरूको प्रत्यक्ष, आधिकारिक र स्पष्ट संलग्नताका रुपमा चित्रण गर्नुभएको छ ।

युक्रेनमा यस्ता सेनाको उपस्थिति मस्कोलाई अस्वीकार्य हुने चेतावनी समेत दिनुभयो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले बुधवार शान्ति सम्झौता लागू गर्न युरोपेली सेना युक्रेन पठाउने विचार गर्ने घोषणा गरेपछि यो टिप्पणी आएको हो । यद्यपि उहाँले सेनाहरू अग्रपंक्तिको लडाईमा संलग्न नहुने बताउनु भयो । विदेशमन्त्रीले युक्रेनलाई अमेरिकी सैन्य सहायता निलम्वन गर्नाले द्वन्द्व चाँडै अन्त्य गर्न मद्दत गर्नसक्ने बताउनु भयो ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस