२०८३ असार १० गते, बुधबार १०:४६

केबलकार निर्माणमा सहजिकरण गर्न माओवादी सांसद पौडेलले गराए सरकारको ध्यानाकर्षण

काठमान्डौँ-
नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजिकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद पौडेलले पाथिभरा केबलकार निर्माणसम्बन्धी वार्ता कहाँ पुग्यो ? भन्दै सरकारसँग प्रश्न समेत गर्नुभयो । केबलकार निर्माणका क्रममा सरकारले रोजेको दमनको बाटो गलत भएको उहाँको भनाइ छ । उहाँले वार्ता, सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजिकरण गर्न अनुरोध समेत गर्नुभयो । उहाँले सरकारले गर्न नसकेका कार्यहरु निजी क्षेत्रले गर्दै आएको उल्लेख गर्दै उर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरुमा अझै बढी लगानीको आवश्यकता रहेको बताउनु भयो । उहान्ले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व भएको समेत बताउनु भयो ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस