२०८३ असार १० गते, बुधबार २३:५१

टर्किएमा उच्च गतिको रेल निर्माण स्थलमा ढुङ्गा खस्दा कामदारको मृत्यु

काठमान्डौँ-

टर्किएको मध्य कायसेरी प्रान्तको कोकासिनान जिल्लामा रहेको उच्च गतिको रेल निर्माण स्थलमा ढुङ्गा खस्दा एक कामदारको मृत्यु भएको छ भने अर्का एक घाइते भएको प्रान्तीय गभर्नर गोकमेन सिसेकले बताउनुभएको छ । सिसेका अनुसार दुर्घटनाको समयमा सात कामदारहरू उपस्थित थिए ।

एउटा उत्खनन यन्त्र घटनास्थलमा सञ्चालन भइरहेको थियो । माथिबाट ठूला ढुङ्गाहरू खस्दा पाँच कामदारहरू भाग्न सफल भए भने एक जनालाई सिधै ठोक्किएर मृत्यु भएको गभर्नरले बताउनु भयो । उनले अर्को घाइते कामदारलाई अस्पताल लगिएको उल्लेख गर्नुभयो । घटनापछि अधिकारीहरूले आवश्यक सावधानी अपनाएका छन् ।

विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण सहयोगको लागि तुरुन्तै आइपुगेको उल्लेख गर्दै उहाँले यस्तै दुर्घटनाहरू रोक्न थप सुरक्षा उपायहरू लागू गरिने आश्वासन दिनुभएको छ ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस