२०८३ असार १० गते, बुधबार २३:५०

वडाअध्यक्ष महतोको मान्छेले कुटपिट गर्दा पाँच जना घाइते

सर्लाही-

सर्लाहीको धनकौल गाउँपालिका वार्ड नं–५ हरकठवामा विवाहको ब्रह्म पूजा गर्ने क्रममा विवाद हुदा झडप भएपछि पाँच जना स्थानीय घाइते भएको छ ।

धनकौल–५ निवासी रामप्रमोद साहको छोराको विवाहमा ब्रह्म पूजा गर्ने क्रममा विवाद शुरु भएको थियो । हरकठवा निवासी रामप्रमोद साहको छोराको बिहेमा ब्रह्म पुजा गर्ने स्थानमा पुजा शुरु भएपछि धनकौल गाउँपालिका वार्ड नं–५ का वडाअध्यक्ष गजेन्द्र महतोको मान्छेहरुले एक्कासी बिहेमा आएको घोडा सवार मान्छेलाई कुटपिट गरि घाईते बनाए पछि तनाब उत्पन्न भएको थियो ।

स्थानीय रामबिश्वास साहको भनाई अनुसार चक्रघटा गाँउपालिकाको गोइयाही टोलमा बिहेको जन्ती गएका व्यतिलाई समेत आफनो मान्छे लिएर गई कुटपिट गरेको स्थानीयहरुले वडाअध्यक्ष गजेन्द्र महतो माथि आरोप लगाएको छ । सोही कुटपिट तथा झडपमा वडाअध्यक्ष गजेन्द्र महतोको गाडीमा पनि तोडफोड भएको छ ।

यश घटनामा केही ब्यक्तिहरू घाईते पनि भएकाे छ । उनीहरूको शरीरमा कुटपिटका निसान देखिए पनि अवस्था सामान्य रहेको छ । एउटा वडाअध्यक्ष जस्तो व्यतिmको ईसारामा स्थानीयहरु माथि निर्घात कुटपिट भएपछि वडाअध्यक्ष गजेन्द्र महतोको चौतर्फी विरोध भईरहेको छ ।

स्थानीय रामबिश्वास साहका अनुसार वडाअध्यक्ष महतो माथि स्थानीयहरुले जोडदार कारवाहीको माग समेत गरेको छ

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस