२०८३ असार १० गते, बुधबार २३:४९

मधेस प्रदेशका गृहमन्त्री लेखीका पीएसओ यादवको मृत्यु

जनकपुर-

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीका पीएसओ प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ।

मन्त्री यादवको सुरक्षामा खटिएका असई वीरेन्द्रकुमार यादवको सोमबार राति १२ बजेतिर मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले बताए।

एसएसपी कोइरालाका अनुसार आइतबार राति ११ बजेतिर अचानक पेट र छाती दुखेपछि उनलाई स्थानीय अस्पताल लगिएको थियो। तर त्यहाँ ठिक नभएपछि सोमबार थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा सोमबार राति १२ बजेतिर अस्पतालले मृत घोषणा गरेको कोइरालाले नेपालखबरलाई जानकारी दिए।

सिरहाको सुखचैना घर भएका यादवको दरबन्दी मधेस प्रदेश प्रहरी गण जनकपुरमा थियो।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस