२०८३ बैशाख २ गते, बुधबार ०७:०९

सरकारले शिक्षक महासंघसँग गरेका सम्झौताहरुको अवहेलना र अनादर गर्नु दुःखद्ः सांसद केसी

काठमान्डौँ-

नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले सरकारले नेपाल शिक्षक महासंघसँग पटक पटक गरेका सम्झौताहरुको अवहेलना र अनादर गर्नु दुःखद् र निन्दनीय भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले शिक्षक महासंघसँग गरिएका सम्झौताहरुको अवहेलना गर्ने गरेको आरोप लगाउनु भयो । राज्यले कसैलाई वचन दिएपछि इमानदार हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले महासंघसँग गरिएका सम्झौताहरु कार्यान्वयन गर्दै शिक्षकका समस्याहरु संवाद र वार्तामार्फत हल गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले विद्यालय शिक्षा ऐन छिटो पारित गरी शिक्षकहरुको एकीकरण गर्न समेत माग गर्नुभयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस